युवतीको तस्बिर अश्लील बनाएर भाइरल गर्ने दुई युवा पक्राउ

photocollage_2024916202732163

सिलगढी: सिलगढीमा सडकमा हिड्ने युवतीहरुको तस्बिर अनजानमा खिचेपछि प्रविधिको सहयोगमा यी तस्बिरहरूलाई अश्लिल तस्बिर बनाएर सामाजिक सञ्जालमा भाइरल बनाउने घटनामा पुलिसले दुईजनालाई पक्राउ गरेको छ। यसरी फोटो खिचेर एउटी बालिकालाई दुर्व्यवहार गरेको आरोपमा पुलिसले दुई युवालाई पक्राउ गरी आज अदालतमा पेश गरेको छ। दुई अभियुक्तको नाम राजु साह (२९) र स्नेहाशिष शोरेन (२३) रहेको छ। उनीहरु दुवै सिलगढी नगरपालिकाको वार्ड नम्बर ४६ अन्तर्गत ढाकनिकटा र नर्मदाबागन क्षेत्रका बासिन्दा हुन्। दुवैले सडकमा हिँडेका धेरै युवती तथा महिलाको तस्बिर खिचेर प्रविधिको सहयोगमा अश्लिल तस्बिर बनाएर विभिन्न सामाजिक सञ्जालमा पठाएर भाइरल गरिरहेका थिए। जब एक युवतीले यो कुरा थाहा पाए तब उनले सम्पूर्ण कुराको जानकारी पाए।त्यसपछि आइतबार बिहान राजु र स्नेहाशिष शोरेनले बालिकाको फोटो खिच्न श्रीगुरु विद्यामन्दिर विद्यालय नजिक आएका थिए। तर त्यसअघि नै स्थानीयले ति बदमासहरुलाई समातेका थिए। त्यसपछि सबै रहस्य खोलिदै आएपछि स्थानीयले दुवैलाई निर्मम कुटपिट गरी पुलिसलाई बुझाएका थिए। प्रधाननगर थानाको पुलिसले दुवैको मोबाइल बरामद गरी अनुसन्धानका लागि कोलकाता पठाएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement