श्री सत्य साई युनिटी कप क्रिकेट प्रतियोगिता

IMG-20240916-WA0281

तेस्रो दिनको दुवैवटा म्याचमा सिलगढी समिति विजयी

खरसाङ: श्री सत्य साई राष्ट्रिय क्रिकेट लिग अन्तर्गत पश्चिम बंगाल राज्य दुइको दार्जीलिङ जिल्लाद्वारा लोहागढ समिति अन्तर्गत कटहरे खेल मैदानमा सम्पन्न तेस्रो दिनको दुवैवटा म्याचमा सिलगढी समितिले विजयी हासिल गरेको छ। सोमवार सम्पन्न पहिलो म्याच खरसाङ समिति अनि सिलगढी समिति माझ भएको थियो। यस म्याचमा सिलगढी समितिले टस जितेर बलिङ गर्न निस्किएका थिए भने खरसाङ समितिले १९ ओभरमा ७ व्यीकेट गुमाएर १०९ रन बनाएका थिए। ११० को लक्ष्यलाई पछ्याउँदै सिलगढी समितिले सहजै खरसाङ समितिलाई केवल पाँच ओभर पाँच बलमा ११० को लक्ष्यलाई पार गरेर पराजित गरे। यस म्याचमा सिलगढीका खेलाडीहरुले एकपछि अर्को गर्दै छक्का अनि चौका चट्काएका थिए। यद्यपि यस म्याचमा खरसाङ असल बलर राहुल मोक्तानले एक वीकेट लिन सके। त्यसरीनै सोमबारको दोस्रो म्याच सिलगढी अनि लोहागढ समिति माझ सम्पन्न भयो। उक्त म्याचमा लोहागढ समितिले टस जितेर बलिङ गर्न मैदानमा उत्रिएका थिए। उता सिलगढी समितिले लोहागढ समितिलाई म्याचमा बीस ओभर खेलेर २३६ रनको विशाल लक्ष्य दिएका थिए तर त्यो लक्ष्यलाई पार गर्न लोहागढ समितिका खेलाडीहरु पनि निक्कै जोसिलो भएर मैदानमा उत्रिए औ खुबै उत्कृष्ट खेलको प्रदर्शन गरे तापनि १४ ओभरमा आफ्नो सबै वीकेट गुमाएर ११७ रन बनाउन सक्षम बने। सोमबारको पहिलो म्याचमा प्रणय घले अनि सलिम भुजेलले निर्णायक थिए भने दोस्रो म्याचमा बिरेन छेत्री अनि दिपम थापा निर्णायक थिए। यस दिनको म्याचमा श्री सत्य साई सेवा सङ्गठन, पश्चिम बंगाल राज्य दुइका राज्य अध्यक्ष विजय मंगर, राज्य सेवा समन्वयक अनुप प्रधान, राज्य ग्राम इन्चार्ज दिपक कुमार छेत्री, दक्षिण दार्जीलिङ जिल्लाका जिल्ला सभापति बुद्ध कुमार तामाङ लगायत राज्य अनि जिल्लाका पदभारीहरू तथा खरसाङ समिति, सिलगढी समिति अनि लोहागढ समितिका संयोजकहरू, समिति पदभारीहरू आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement