च्यागा पानीघट्टा ग्राम पञ्चायत अन्तगर्तका आँगनवाडी कर्मी, सहकर्मी साथै आशा कर्मीहरुलाई लिएर सभा

IMG-20240916-WA0280

खरसाङ: सुकना पानीघट्टा समष्टि १ अन्तगर्त च्यांगा सार्वजनिक भवनमा च्यागा पानीघट्टा ग्राम पञ्चायत अन्तगर्त रहेका सम्पूर्ण आँगनवाडी कर्मी, सहकर्मी साथै आशा कर्मीहरुलाई लिएर एक जरुरी सभा समष्टि सभापति अजित जिम्बाको सभापतित्वमा सम्पन्न भयो। सभामा मनोनित सभासद साथै सुकना पानीघट्टा समष्टि पर्यवेक्षक प्रणाम रसाईलीको विशेष उपस्थिति रहेको थियो। समष्टि नारी शक्ति संयोजक गीता विश्वकर्मले सञ्चालन गरेको सभालाई समष्टि पर्यवेक्षक प्रणाम रसाईली, समष्टि सचिव बिदुर छेत्री आदिले सम्बोधन गरेका थिए। मनोनित सभासद साथै सुकना पानीघट्टा समष्टि पर्यवेक्षक प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा एकजनाको आवाज घरमा गुजिन्छ भने संगठित भएर गरेको आवाजले कुनै पनि कुराको चुडान्त निर्णय लिन सक्ने क्षमता हुन्छ भनी जनाए। उनले आँगनवाडी कर्मी सहकर्मी साथै आशा कर्मीहरुको समस्या धेरै रहेको र सबै समस्याको समाधान पनि विस्तारै जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वमा नै हुने जनाए। जीटीएको पहलमा भर्खरै मात्र आँगनवाडी केन्द्रमा कार्यरत कुनै पनि कर्मी साथै सहकर्मीको आकास्मिक मृत्यु भए दुई लाख रूपियाँको सहयोग राशि दिने अधिसूचना जारी भइसकेको पनि जनाए। आज सम्पन्न सभामा भागोप्रमो समर्थित पानीघट्टा च्याँगा ग्राम पञ्चायत अन्तगर्त रहेका आँगनवाडी कर्मी साथै सहकर्मीका सभापति सुजिता छेत्री, सचिव बसन्ती घले, उप सभापति सृजना शर्मा सहसचिव सस्तीका प्रधानलाई सर्व सहमतिले चयन गरियो भने आशा कर्मीका सभानेत्री कबिता छेत्री, सचिव प्रेणा गजमेर, उप सभापति बबिता लकान्द्री सचिव फूलमन्दी प्रधान अनि सहसचिव पदमा सुनिता सुब्बालाई सर्वसम्मतिले चयन गरियो।सभामा सुकुना पानीघट्टा १ समष्टि अध्यक्ष अजित जिम्बा, समष्टि सचिव बिदुर छेत्री पंचायत सदस्यगण आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement