खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको विभिन्न स्थानहरूमा क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट विभिन्न विकासमूलक कार्यहरूको शिलान्यास गरिएको छ। यस समष्टि अन्तर्गत खरसाङको मन्टिभियट चियाबारीमा शमशान घाट निर्माणको लागि शिलान्यास गरिएको छ। यसै समष्टीको तीन माइल क्षेत्रमा सार्वजनिक भवनमा भान्सा घर निर्माणको लागि शिलान्यास गरिएको छ भने चिमनी देवरालीको सिम खड्का र यसै समष्टीको मजुवामा पनि खेल मैदान निर्माणको लागि शिलान्यास गरिएको छ। यस समष्टीको चारैवटा स्थानहरूमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास क्षेत्रीय सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा उनकै बाहुलीबाट शिलान्यास गरिएको छ। २८ नम्बर चिमनी देवराली क्षेत्रीय सभासदमार्फत जिल्ला परिषद कोषद्वारा विभिन्न विकासका परियोजनाहरूको २८ नम्बर चिमनी देउराली समष्टीको सभासद श्याम शेर्पाको बाहुलीबाट सम्पन्न गरिएको छ। यस कार्यमा ग्राम पञ्चायत समिति सदस्य दिनेश ,पञ्चायत समिति सदस्य, नारी शक्ति,क्षेत्रीय प्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सु़सम्पन्न गरिएको छ। यस कार्यमा चिमनी देवराली ग्राम पञ्चायतको कर्माध्यक्ष एंव पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य सीमा थापा, नारी शक्ति खरसाङ चिमनी देवराली समष्टीको सभापति सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री, युवा शक्तिबाट अनुप तामाङ र रूसप खवास लगायत अन्यहरू उपस्थित रहेका थिए। यस विभिन्न शिलान्यास कार्यक्रममा सभासद श्याम शेर्पाले सम्बोधन गर्दै खरसाङ चिमनी देवराली समष्टीको विभिन्न स्थानहरूमा जिल्ला परिषदको कोषबाट विकासमूलक कार्यहरूको गरिने बताएका छन्। उनले सबै मिलेर गाउँ घरको विकासको लागि अघि आउनु पर्ने र गाउँ घरलाई राम्रो बनाउने उद्देश्यको साथमा अघि आउनु पर्ने बताएका छन्। सभासद श्याम शेर्पाले भने, ‘सबैको विचार नमिल्नु सक्छ। कोही बेला पार्टीगत रूपमा विचार नमिल्ला, कोही बेला जातिगत रूपमा विचार नमिल्ला अनि कोही बेला धर्मको नाममा विचार नमिल्ला तर गाउँ घरको विकासको लागि सबै एक हुनुपर्छ। सभासदको रूपमा विभिन्न विकासका कार्यहरू समष्टीको विभिन्न स्थानहरूमा लिएर आउनेछु अनि मसितै पञ्चायत र पञ्चायत समितिका सदस्य पनि छन्। सबैको दु:ख सुखमा हामी साथ रहनेछौं।’

उक्त विकास कार्यको शिलान्यास विषयमा मजुवाबाट भागोप्रमो मजुवा शाखा सभापति अनिल राई र खरसाङको मन्टिभियट चियाबारीमा शमशान घाटको शिलान्यासपछि पत्रकारहरूसित कुराकानी गर्दै किसान लेप्चाले विकास कार्यको लागि सभासद श्याम शेर्पा र जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्।