खरसाङमा तामाङ भाषा सिकाउनलाई केन्द्रको उदघाटन

IMG-20240916-WA0276

खरसाङ: खरसाङको वार्ड नम्बर पाँचमा रहेको सामी लाखाङ गुम्बामा तामाङ भाषा सिकाउने प्रशिक्षण केन्द्रको उदघाटन गरिएको छ। सामी लाखाङ गुम्बाको हलमा तामाङ भाषा सिकाउनलाई प्रशिक्षण केन्द्रको उदघाटन गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेकी पत्नी ज्योतिस्ना लामाको बाहुलीबाट गरिएको छ। रिबन काटेर उदघाटन गरिएपछि बौध्द धर्म अनुसार पूजा अर्चना गरेर तामाङ भाषा सिकाउनलाई प्रशिक्षण केन्द्रको उदघाटन गरिएको छ। तामाङ जातिको भाषा, जात, धर्म, संस्कृति अनि परम्परालाई संरक्षण गर्न साथै तामाङ विषयमा ज्ञान सिकाउनलाई यो प्रशिक्षण केन्द्र शुरु भएको छ। उक्त केन्द्रमा शनिवार र आईतबार गरेर सप्ताहमा दुईपल्ट बिहान ११ बजेदेखि १ बजेसम्म तामाङ भाषा सिकाइने भएको छ। उक्त केन्द्रमा तामाङ भाषा सिकाउनलाई तामाङ भाषाको ज्ञाता एंव शिक्षिका बिमला तामाङ उपस्थित रहने र जो कसैले पनि यहाँ आएर तामाङ भाषा सिक्न सक्ने बताइएको छ। यसको लागि कुनै उमेरको समय सीमा नरहने अनि जसले पनि तामाङ भाषा सिक्न सक्ने बताइएको छ। उक्त तामाङ भाषा सिकाउने केन्द्रको उदघाटन कार्यक्रममा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेकी पत्नी त्योतिस्ना लामा, शिक्षिका बिमला तामाङ, अरूण लामा र अन्यले सम्बोधन गरेका थिए। उक्त तामाङ भाषा सिक्ने केन्द्रमा आएर इच्छुकहरूले तामाङ भाषा सिक्न सकिने पनि त्योतिस्ना लामाले बताएकी छन्। उनले पहाड़मा तामाङ जातिको भाषा, संस्कृति, परम्परालाई संरक्षण गर्नलाई तामाङ भाषा सिकाउनलाई केन्द्रको उदघाटन गरिएको र यस केन्द्रमा तामाङ भाषा सिकाउनलाई प्रशिक्षित र तामाङ भाषाको ज्ञाता एंव शिक्षिका बिमला तामाङ रहेको र उनले असल प्रकारले तामाङ भाषा सिकाउने कार्य गरिरहेकोले तामाङ भाषा सिक्न इच्छुकहरूले सम्पर्क गर्न सक्ने बताएकी छन्। उनले भाषा सबैले सिकेको राम्रो भन्दै तामाङ भाषा सिक्न चाहानेहरूले झट्टै सम्पर्क गर्न सक्ने पनि बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement