जलपाईगढी: पहाडपुर जामिया इक्रामिया (हाफेजी मदरसा) र पहाडपुर जुनियर हाई मदरसाद्वारा संयुक्त रूपमा आयोजित विभिन्न कार्यक्रमहरूको साथ आज मिलाद अल-नबी वा पैगम्बर दिवस मनाइयो। सो अवसरमा सर्वप्रथम साइकल र टोटो र्याली निकालिएको थियो जुन कालियागञ्ज, गौशाला मोर, बजारपारा, पहारपुर मोड हुँदै जामिया इक्रामियाको मुख्य इलाकामा पुग्यो। यस सम्बन्धमा पहाडपुर जुनियर हाई मदरसाका सचिव मुस्ताफिजुर रहमानले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको हामी हिन्दू–मुस्लिम दाजुभाईइ हौं, हामीबीच कुनै भिन्नता छैन।‘