कोचबिहार: २०२६ को विधानसभा चुनावलाई ध्यानमा राख्दै तृणमूल कांग्रेसले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने प्रयास शुरु गरेको छ। यस अन्तर्गत भाजपाका पञ्चायत सदस्यहरूलाई अलग गरी तृणमूल कांग्रेसमा सामेल गरिएको छ। यसै शृङ्खलामा मेखलीगञ्ज विधानसभा क्षेत्रको जमलदाह ग्राम पञ्चायत क्षेत्रका दुई भाजपा पञ्चायत सदस्य आज तृणमूल कांग्रेसमा सामेल भए। आज तृणमूल कांग्रेस जिल्ला कार्यालयमा तृणमूल कांग्रेस जिल्ला अध्यक्ष अभिजित दे भौमिक र मेखलीगञ्ज विधानसभा क्षेत्रका विधायक परेश चन्द्र अधिकारीको उपस्थितिमा भाजपा पञ्चायत सदस्य शिवम नन्दी र बसन्ती बर्मन तृणमूल कांग्रेसमा सामेल भए। तृणमूल कांग्रेस जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले भाजपाबाट तृणमूलमा सामेल हुने प्रक्रिया जारी रहेको बताए। आगामी दिनहरुमा पनि मानिसहरु जोडिने क्रम जारी रहने उनले बताए।