जलपाईगढी: सार्वजनिक पेयजलको धारामा शवको गाडी धोएको कारणलाई लिएर जलपाईगढीमा उत्तेजना देखियो। घटना सोमबार बिहान जलपाईगढी नगरनिगमको वार्ड नम्बर ८ को बाबुपाडा भएको होl आज स्थानीय निवासीहरूले बाबुपाडा निवासी प्रदीप गांगुलीको घरको अघि पेयजलको धारामा शवको गाडी धोएको देखेl यस्तो कार्यलाई रोक्दा शवको गदै गाडी चालकसित बहस शुरू भयो। जसका कारण विवाद निकै बढ्यो। खबर पाएलगत्तै वार्ड नम्बर ८ का तृणमूल पार्षद तथा जलपाईगढी नगरपालिकाका उपाध्यक्ष सैकत चट्टोपाध्यायले तुरुन्तै घटनास्थलमा प्रतिनिधि पठाएर स्थिति नियन्त्रणमा लिए। घटनाका सम्बन्धमा स्थानीयवासी प्रदीप गांगुलीले भने, ‘धेरै समयदेखि धाराको पानीले शवको गाडी धुँदै गरेको देखेको छु। सोध्दा चालकले नगरनिगमको धारामा धोएको बताए। त्यसैले त कसैले केही भन्न सक्दैन।‘ घटनाका सम्बन्धमा चालकले भने, ‘म शमशानबाट गएको थिइनँ, गाडी ग्यारेजमा थियो, भोलि विश्वकर्मा पूजा भएको हुनाले धारको पानीले धुने विचार गरें, ताकि म भोलि पूजा गर्न सकूँ।‘