न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजको निम्ति १६ सदस्यीय श्रीलंकाई टीमको घोषणा

IMG-20240916-WA0242

कोलम्बो: श्रीलंकाले न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजको निम्ति आफ्नो १६ सदस्यीय टीमको घोषणा गऱ्यो। टीममा ओशादा फर्नाण्डो फर्किएका छन्, जसले आफ्नो अन्तिम टेस्ट म्याच मार्च २०२३-मा खेलेका थिए। वर्ल्ड टेस्ट च्याम्पियनशीपको हिस्सा यस सीरीजको २ वटा टेस्ट म्याच १८ सेप्टेम्बरदेखि शुरु हुनेछ। फर्नाण्डोले श्रीलंका ए टीमको निम्ति असाधारण प्रदर्शन गरेका छन्। उनले यस महिनाको शुरुवातमा दक्षिण अफ्रिका ए टीमविरुद्ध १२२ र ८० रन बनाएका थिए। यस ३३ वर्षीय खेलाड़ीले टीममा निशान मदुशंकाको स्थान लिनेछन्, जो ३ वटा टेस्ट म्याचको सीरीज खेल्न ईंग्ल्याण्ड जाने टीमका हिस्सा थिए। कासुन राजिथा र निसाला थारकालाई पनि टेस्ट टीमबाट बाहिर गरिएको छ। यसबाहेक श्रीलंकाले ईंग्ल्याण्ड यात्रामा जाने अन्य १५ जना खेलाड़ीहरूलाई टीममा कायम राखेको छ। धनञ्जय डी सिल्वाले कप्तानी गर्न जारी राख्नेछन्। उनलाई दिमुथ करुणारत्ने, एञ्जेलो म्याथ्यूज र दिनेश चान्दीमल जस्ता अनुभवी खेलाड़ीहरूका साथमा पथुम निसांका, कामिण्डू मेण्डिस र सदीरा समराविक्रमा जस्ता प्रतिभाशाली युवा खेलाड़ीहरूका समर्थन प्राप्त हुनेछ।
टेस्ट सीरीजको निम्ति श्रीलंकाई टेस्ट टीमः
धनञ्जय डी सिल्वा (कप्तान), दिमुथ करुणारत्ने, पथुम निसांका, कुसल मेण्डिस, एञ्जेलो म्याथ्यूज, दिनेश चान्दीमल, कामिण्डू मेण्डिस, सदीरा समराविक्रमा, ओशादो फर्नाण्डो, असिथा फर्नाण्डो, विश्व फर्नाण्डो, लाहिरु कुमारा, प्रभात जयसूर्या, रमेश मेण्डिस, जेफरी वेण्डरसे, मिलन रथनायके

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement