जंगल खुल्ने बित्तिकै जम्मियो पर्यटकहरूको भीड

IMG-20240916-WA0214

अलिपुरद्वार: करिब ३ महिनादेखि बन्द रहेको डुवर्समा रहेका सबै राष्ट्रिय निकुञ्ज र पार्कहरू खोलिएका छन्। जल्दापाडा राष्ट्रिय निकुञ्ज र बक्सा टाइगर प्रोजेक्ट र डुवर्स वन खुलेसँगै आज पर्यटकको भीड लागेको छ। विशेषगरी आज जंगल सफारीको रमाइलो गर्न जल्दापाडा राष्ट्रिय निकुञ्जमा पर्यटकको भीड लागेको छ।

पर्यटकलाई आज वनकर्मीहरूले फूलमाला लगाएर स्वागत गरे। आज हात्तीको  सफारीलाई लिएर पर्यटकमा निकै उत्साह देखियो। वास्तवमा यस पटक पर्यटकको सुविधाका लागि जलदपारा राष्ट्रिय निकुञ्जमा हात्तीको संख्या बढाइयो। जल्दापाडा राष्ट्रिय निकुञ्जको हलोङ र शालकुमार गेटबाट हात सफारी शुरु भएको छ। जल्दापाडा राष्ट्रिय निकुञ्जमा आएपछि जंगल घुम्न आएका पर्यटकले निकै राम्रो अनुभव गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement