सिलगढी: सिलगढीमा विश्व पैगम्बर दिवस पालन गरियो। हरेक वर्ष झै यस वर्ष पनि नवी दिवसको अवसरमा नगरमा शोभायात्रा निकालियो। बर्दवान रोडबाट निस्किएको मुख्य शोभायात्राले हिलकार्ट रोड, महात्मा गान्धी मोरको परिक्रमा गरे। यो शोभायात्रामा ताजिया पनि निकालियो। पैगम्बर दिवसको अवसरमा निकालिएको शोभायात्रामा मुस्लिम धर्मावलम्बीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो।सिलगढीको झंकार मोडमा आयोजित कार्यक्रममा सिलगढीका मेयर गौतम देव, अखिल भारतीय इमान संघका अध्यक्ष मौलाना एमडी बाकीबिल्लाह मोल्लाह, सिलगढी महानगरीय पुलिसका डीसीपी पूर्व दीपक सरकार, एसजेडी सीईओ अभिजीत सिवाले, नम्बर २ बोरोका अध्यक्ष मोहम्मद आलम खान, नगर निगमका विपक्षी नेता अमित जैन लगायतको उपस्थिति रहेको थियो। यस अवसरमा सिलगढीका मेयर गौतम देवले पत्रकारहरूलाई सम्बोधन गर्दै नवी दिवसको शुभकामना दिए।