गोरुबथान: थापसाङ गैर सरकारी संस्थाले सरसफाई अभियान अन्तर्गत तेस्रो पटकको सफाई कार्यक्रम सफलतापूर्वक पालन गरेको छ। आइतबारको दिन माइपाते “थापसङ गैर-सरकारी संस्था” को अगुवाईमा अनि स्थानीय जागरूक गाँउलेहरूको सर सहयोगमा सरसफाइ गरियो।आगामी बिश्वकर्मा पुजा अनि दुर्गा पूजालाई ध्यानमा राखेर सपटक भने मन्दिर परिसरमा सरसफाइ गरे। यसरी सरसफाई अभियानमा सबै सहयोगीहरू प्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्। आजको सरसफाई अभियानमा बिशेषरुपमा सन बहादुर राई, कुशल सुब्बा, कुमार राई, राजेन राई, बिकाश राई अनि हेमन्त राईले सहयोग पुर्याएका थिए।