जलपाईगढी: आईएमएद्वारा जलपाईगढीमा आइतबार राति राती एक मशाल जुलुस निकालियो, ‘चिकित्साले बोलाउँदैछ, हामीसँग पाइला पाइलामा सामेल हुनुहोस्’ भन्ने नारा लगाइएको थियो। आरजी कर अस्पतालकी एक महिला प्रशिक्षार्थी डाक्टरमाथि भएको दुर्व्यवहारको घटनामा न्यायको माग गर्दै जुलुसमा ठूलो संख्यामा नगरवासीको सहभागिता रहेको थियो। उक्त र्यालीमा पद्मश्री विजेता तथा टोटो जातका समाजसेवी धनीराम टोटो, पद्मश्री करीमुल हकलगायत ठूलो संख्यामा चिकित्सक तथा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। डाक्टरहरूको आह्वानमा निकालिएको मशाल जुलुस शहरको आईएमए मैदानबाट शुरु भएर जलपाईगढीको प्राण केन्द्र कदमतला चौराहेमा पथसभामा परिणत भयो। यस सभामा धनीराम टोटो, करीमुल हक लगायतका चिकित्सक तथा नागरिक मञ्चका प्रतिनिधिले न्यायको माग गर्दै मन्तव्य राखे। सबैले एकजुट भएर घटनाको न्यायको माग गरे।