भद्रपुर: मोरङको मिक्लाजुङ गाउँपालिका-१ गुरधुममा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन्।
जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ विजय राईको परिवारका ४ जना बिरामी परेका हुन्। बिरामी पर्नेमा विजयकी पत्नी ५८ वर्षीया बलमाया राई, छोराहरु २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई रहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सबै जनाको अवस्था मध्यम छ। बिरामी परेका ४ जनालाई राति नै उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी उनले दिए। च्याउ खाएका विजय राई र ३० वर्षीया सोनिया राईलाई भने स्वास्थ्यमा समस्या देखिएको छैन।