धनकुटामा श्रीमानद्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

IMG-20240916-WA0077

भद्रपुर: धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको छ।जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमानले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको रविबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए।
प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए।
विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए। उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। उनीहरूका दुई छोरी रहेका छन् ।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement