खरसाङ: गूम्ती ग्राम सुधार समिति स्पोर्ट्स कमिटी, महानदीको आयोजनमा आइतवारदेखि खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट शुरु भयो। गूम्ती टी स्टेट खेल मैदानमा भएको टुर्नामेण्टको ओपनिंग म्याचमा यंग ब्रदर्सले घैयाबारी डाँड़ा गाउँविरुद्ध ६-०-ले एकतर्फी जीत हासिल गऱ्यो। विजेता टीमबाट आकाश सुब्बाले ४ गोल गरे। यसबाहेक बिनित भुजेल र अंगद खवासले पनि १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० नोभेम्बरमा हुनेछ। यसरी फाइनल १७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।