भद्रपुर: चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो। तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन। त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो। दुर्घटना शंकास्पद छ,’ डिएसपी भेषराज रिजालले भने, ‘ट्रकका चालक र सहचालकको मोबाइल स्विच्अफ छ। उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन। हामी उनीहरुलाई खोजिरहेका छौं।
हिजो बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो।