भद्रपुर: मेनपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्र्सना गरेको छ। गत अगस्त १२मा त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा रिसेप्सन पदमा कार्यरत कर्मचारी अन्दाजी १९ बर्षिया मनिषा लोहारको हत्याप्रति संघले बिज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेको हो।
गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक-पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो।
उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हक्ष्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ।
समाजमा घट्ने यस्ता अप्राकृतिक घटनाप्रति संघले घोर भत्र्सना गरेको छ। संघले उक्त घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य बाहिर ल्याउँदै दोषी माथि कडा भन्दा कडा कार्यवाहीका लागि सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गरेको छ। संघले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न आग्रह गर्दै हार्दिक समवेदना तथा मृतकको आत्मको चिरशान्तिको कामनासमेत गरेको छ।