एमपी राज्यसभा च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट शुरू

n6310312101726424556760e5d40877c2db1de31d221ff3d1ebae16e4fee639a7b6334087db408101cd1a39

पाकिम: आगामी गान्धी जयन्तीको भागको रूपमा आजदेखि एमपी राज्यसभा च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट शुरू भएको छ। पाचे सामसिङ उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा शुरू भएको प्रतियोगिताको उद्घाटन जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटियाको उपस्थितिमा गरियो।
यस प्रतियोगिताको आयोजना स्कूल प्रबन्धन कमिटीले पाचे सामसिङ जीपीयूको संयुक्त तत्वावधानमा गरेको हो।
यस फुटबल प्रतियोगिताको फाइनल खेल २ अक्टोबर, गॉंधी जयन्तीमा हुनेछ। प्रतियोगितामा कुल २४ दलले भाग लिइरहेका छन्। यस प्रतियोगिताको विजेता दललाई नगद एक लाख पचास हजार रूपियॉं र उप विजेता दललाई नगद एक लाख रूपियॉं प्रदान गरिने छ।
मुख्य अतिथि जिल्ला अध्यक्ष भोटियाले स्कूल प्रबन्धनलाई प्रतियोगिता आयोजनको निम्ति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले खेलकुद गतिविधिहरूमा सामेल बन्नुको महत्वमाथि प्रकाश पारिन्। उनले खेलाडीहरूलाई समर्पण र एकताको भावनाले प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्दै प्रतियोगिताको सफलताको कामना गरिन्।
प्रतियोगिता अन्तर्गत पहिलो खेल पीएचई विभाग र एसएनटी ७ बीच खेलियो, जसमा एसएनटी ७ ले प्रतिद्वन्दी दललाई ३-१ ले पराजित गऱ्यो। यस अवसरमा स्कूलका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement