ब्रुसेल्स: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले आइतवार अभ्यास सत्रको अवधि हातमा लागेको चोट लिएर नै डायमण्ड लीग सीजनको फाइनलमा हिस्सा लिएको खुलासा गरे। नीरज शनिवार डायमण्ड लीग फाइनलको खिताब जित्नदेखि केवल १ सेण्टिमीटरले गर्दा चुकेका थिए। उनी ८७.८६ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ लगातार दोस्रो साल दोस्रो स्थानमा रहेका थिए। २६ वर्षीय नीरजले भनेका छन्, सोमवार अभ्यास सत्रको अवधि चोट लागेको थियो। एक्स रे गर्दा मेरो देब्रे हातको (चौथो मेटाकार्पल)-को हड्डीमा फ्र्याक्चर रहेको थाहा लाग्यो। यो मेरो निम्ति अझ एउटा पीढ़ादायक चुनौती थियो तर आफ्नो टीमको परामर्श र सहायता लिएर म फाइनलमा हिस्सा लिन सफल भए। यो सालको अन्तिम टुनीमेण्ट थियो। मैले आशानुरुप प्रदर्शन गर्न सकिन तर मेरो विचारमा यो एउटा यस्तो सत्र रह्यो, जसमा मैले धेरै कुराहरू सिके। अब म सम्पूर्ण रूपले फिट भएर खेल्न ओर्लिने तयारीमा जुट्नेछु। यसबाहेक ग्रोइनको चोटको उपचार गर्न डाक्टरहरूको पनि परामर्श लिनेछु।