विधायक सुब्बाले गरे मिल्क कुलर शेडको उदघाटन

IMG-20240915-WA0295

गेजिङ: सोम दूध उत्पादक सहकारी संस्था अन्तर्गत निर्मित बल्क मिल्क कुलर शेडको आज उद्घाटन गरियो। मानेबुङ – देन्ताम निर्वाचन क्षेत्रको सोम दुध संकलन केन्द्रमा आज एक विशेष समारोहकाबीच सेडको उद्घाटन गरिएको हो। यस कार्यक्रममा प्रमुख अतिथि क्षेत्र विधायक तथा पर्यटन तथा नागरिक उडान विभागका सल्लाहकार सुदेश कुमार सुब्बा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सिक्किम मिल्क यूनियनका अध्यक्ष याम कुमार शर्मा, विभागका प्रबन्ध निर्देशक डा. टीबी घतानीको सहभागिता रहेको थियो। यो परियोजना राष्ट्रिय पशुधन विकास कार्यक्रम कोष अन्तर्गत रहेको र २०२२-२३ को लागि स्वीकृत रु. ५ लाखको बजेटमा बल्क मिल्क कुलर शेड निर्माण गरिएको छ। कार्यान्वयन एजेन्सीको रूपमा सिक्किम मिल्क यूनियनले यो परियोजनालाई सफलतापूर्वक सम्पन्न गरेको छ, जसले क्षेत्रीय दुग्ध उत्पादकहरूलाई आफ्नो दूध सुरक्षित रूपमा भण्डारण गर्न र बजारमा उच्च गुणस्तरका दुग्ध उत्पादन पुऱ्याउन महत्त्वपूर्ण सहयोग गर्नेछ।
कार्यक्रममा विद्यायक सुदेश कुमार सुब्बाले उद्घाटन गर्दै सो शेडले दुग्ध उत्पादन र वितरणमा नयाँ आयाम थप्ने कुरा बताए। यसका साथै, दुग्ध उत्पादकहरूले यस सुविधाबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे। बल्कमा मिल्क कुलर शेडको स्थापनाले स्थानीय किसानहरूलाई गुणस्तरीय दुग्ध उत्पादनमा प्रोत्साहित गर्दै उनीहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा स्थानीय दुग्ध उत्पादक, सहकारी सदस्यहरू र क्षेत्रीय प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष यम कुमार शर्मा अनि बिभागका प्रवन्ध निर्देशकले पनि ग्वालाहरुको हित अनि सरकारको योजनाबारे जानकारी दिए।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि, स्थानीय बासिन्दाहरूले भविष्यमा यस प्रकारको सहकार्यलाई निरन्तरता दिइने आशा व्यक्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement