गोरुबथान: साखाम बन बस्तीबाट आज नेउरा रेन्जका बन विभागका कर्मचारीगणले पाइथन साँप उद्धार गरेको छ।साखाम बन बस्तीमा पाइएको पाइथन इन्डियन रक पाइथन रहेको छ।यसको तौल ३१ केजी, लम्बाई १४.५ फुट रहेको छ।गोरुबथान नेउरा रेन्जका बिट अफिसर प्रमोद तामाङको अगुवाईमा कर्मचारीगण क्रमैले बिबेक प्रधान, सजन प्रधान, राजु तामाङ, लाक्पा भूटिया ,प्रकाश राई, दुर्गा प्रसाद, बिट अफिसर सचन विश्वकर्मा थिए। नेउरा क्षेत्रमा बिबेक प्रधानको अगुवाईमा धेरै साँपहरु उद्वार गरिएको छ। साखाम बन बस्तीमा पाइथन पसेको खबर नेउरा रेन्जका रेन्ज अफिसर बिकास दर्जीलाई प्राप्त भएपछि उनले अविलम्ब बिट अफिसर प्रमोद तामाङको अगुवाईमा स्टाफहरुलाई पठाएर पाइथनको उद्धार कार्य गरियो।यसरी गाउँमा पाइथन जस्ता साप पसेपछि गाउँलेहरु धेरै आतंकित बनेका थियो तर बन बिभागको तत्परतामा यथाशिघ्रै सापको उद्धार गरी गाउँलेहरुलाई सहयोग पुर्याइदिएको मा गाउँलेहरुले नेउरा बन बिभागप्रति धन्यवाद टक्राएका छन्। सो पाइथनलाई सकुशलताको साथमा उद्धार गरी सुरक्षित स्थानमा छोडिएको छ।