इटानगर: असमको खाद्य एवं नागरिक आपूर्ति आदि मामिलाका मन्त्री रन्जीत कुमार दासले आज अरुणाचल प्रदेशमा लेपराडा जिल्ला भाजपा कार्यालयमा आयोजित ‘सदस्यता अभियान २०२४’ मा भाग लिए।
उनले अभियानको सफलताको निम्ति कार्यकर्ताहरूको भूमिकामाथि प्रकाश पारे।
बैठकको अध्यक्षता जिल्लाध्यक्ष जान्या बसरले गरेका थिए। यसमा अभियानको लेपराडा जिल्लाका संयोजक डाकनियम गेयी, आलो पश्चिम निर्वाचन क्षेत्रका विधायक टोपिन एटका साथै जिल्लाको विभिन्न स्तरका पदाधिकारी उपस्थित थिए।









