सुपरिचित व्यवसायी आर बी रौनियारको शनिबार मेडिसिटी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको छl उनी सुक्खा बन्दरगाहको प्रणेताका रूपमा परिचित व्यवसायी थिएl उनको निधनबारेमा उनका भतिजा विकास रौनियारले जानकारी दिएका छन्। आर बी रौनियार दुई वर्षदेखि मुटु र क्यान्सर रोगबाट ग्रस्त थिए। उनको उपचार भैरहेको क्रममा निधन भएको छ। सानै उमेरदेखि उनले व्यवसायको क्षेत्र रोजेका थिए। कपडा र चाँदी आयात गर्ने उनको पारिवारिक व्यवसाय थियो। यसको माध्यमबाट व्यवसायमा संलग्न रहेर रास बिहारी रौनियारले नेपालमा इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट र सुक्खा बन्दरगाहको अवधारणा ल्याएर यसको शुरूवात रक्सौलबाट गरेका थिए। उद्योगधन्दा स्थापनाका साथ् उनले नेपालमा रासायनिक मल, डिपार्टमेन्ट स्टोर र ट्रान्सपोर्टेशन शुरूवात गरेका हुन्। उनको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरियो।