डुवर्स: तीन महिनादेखि बन्द रहेको जल्दापारा वन भोलिदेखि पर्यटकका लागि खुल्ला हुँदैछ। यसैबीच पर्यटन व्यवसायी पर्यटकलाई स्वागत गर्न तयार छन्। जल्दापारा डुवर्सको पर्यटकीय गन्तव्य मध्ये एक हो।
यो वर्ष जल्दापाडाको हात्ती सफारीमा हात्तीको संख्या बढ्दै गएको छ। हात्ती सफारी जल्दापाडाको मुख्य आकर्षण हो। हालसम्म हलोङ क्षेत्रबाट हात्ती सफारी हुने गरेको भए पनि यस वर्ष जल्दापाडा को शालकुमारबाट पनि हात्ती सफारी सुरु भएको छ।जलदपाडाका डीएफओले शालकुमारमा दुईवटा हात्ती सफारीका लागि राखिने बताए। शालकुमार गेटबाट हात्ती सफारी शुरु भएको खबर आएपछि यस क्षेत्रका पर्यटन व्यवसायीमा खुशीको वातावरण छ।