फुलबारी: विश्वकर्मा पूजाको अवसरमा फुलबारी नाकामा आपसी भाइचारा र सद्भावको फरक दृश्य देखिएको छ। २७ वर्षदेखि हिन्दू–मुस्लिम सबै धर्मका मानिसले एकसाथ विश्वकर्माको पूजा गर्दै आएका छन्। यस पुजामार्फत उनीहरुले सद्भावको सन्देश दिइरहेका छन्। फुलबारी नाकाबाट हजारौं ट्रकले बंगलादेशसँग व्यापार हुने गरेको छ। त्यहाँ धेरै संघहरू छन्। ट्रक चालक र मालिकले यो पूजालाई हर्षोल्लासका साथ मनाउँदै आएका छन्। तर, यो वर्ष उनीहरुको ब्यवस्था अलि घटेको छ। बंगलादेशको सीमा व्यापार पनि निकै कम भएको छ। त्यसैले यस वर्ष उनीहरुले सानो परिमाणमा पूजा आयोजना गरेका छन्। यस सम्बन्धमा शुभंकर नस्कर र अब्दुल खालेकले यो विश्वकर्मा पूजा लामो समयदेखि भब्य रुपमा हुँदै आएको बताए। हरेक वर्ष सबै धर्मका मानिसले यो पूजा गर्दै आएका छन्। यो वर्ष उनीहरुको तयारी तिब्र रुपमा भइरहेको छ। कोलकाताको कुमारटुलीबाट मूर्ति ल्याइएको हो। साथै साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ। हरेक पटक झै यस पटक पनि धेरै मानिसहरु पूजा हेर्न आउने विश्वास आयोजकको छ।









