अलिपुरद्वार: शनिबार राति डुअर्सका विभिन्न चियाबारी क्षेत्रमा हर्षोल्लासका साथ करमदली पूजा गरिएको थियो । व्रत बस्ने महिला तथा युवतीले आज बिहान करमदलीलाई पूर्ण विधिपूर्वक विसर्जन गरेका छन् । आज बिहानैदेखि अलिपुरद्वार जिल्लाको डुअर्सका विभिन्न नदीघाटहरूमा करम दलीलाई विसर्जन गरिएको थियो। हिजो राती करम पुजा भयो ।धम्सा मादलको तालमा जनजाति समुदायका मानिसहरु पनि नाचिरहेका देखिए। आज बिहानैदेखि अलिपुरद्वार जिल्लाको बसरा, दीमा, तोर्सालगायत विभिन्न नदीघाटमा करम करम दली विसर्जन भइरहेको छ ।










