सिङ्ताम। सिङ्तामले पनि मनायो ३१औं नेपाली भाषा मान्यता दिवस। सिङ्ताम भानु उद्यानमा शनिबार आयोजित भाषा दिवस कार्यक्रममा क्षेत्र विधायक एंव मन्त्री डा. एमके शर्मा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सभा शिरोमणिको आसनमा साहित्यकार मोहन प्रधान नीरज अनि विशिष्ट अतिथिहरुमा कवियत्री सुमती छेत्री, खाद्य सहायक निर्देशक श्याम कुमार राई, शिक्षा विभागीय संयुक्त निर्देशक के.बी. छेत्री तथा अन्यान्यको उपस्थिति रहेको थियो। सुन्दर कुमार राई अनि विजय धितालद्वारा संयुक्तरुपमा सञ्चालित तथा एल. एन. प्रधानद्वारा स्वागत जनाइएको उक्त कार्यक्रममा विशेष मन्त्र डान्स मन्त्र एकाडेमी सिङ्तामका नानीहरु र अन्जु सुब्बाको नृत्य प्रस्तुति, हाजिरी जवाब प्रतियोगिता, निबन्ध प्रतियोगिता, उच्चत्तर माध्यमिक विद्यालयस्तरको वाकपटुता, कविता वाचन रहेको थियो।

विद्यार्थी, शिक्षक-शिक्षिका एंव स्थानीय मानिसहरुको जमघट रहेको यस कार्यक्रमको अवसरमा साहित्यकार मोहन प्रधान नीरज अनि कथाकार एंव पत्रकार नन्दु दूतराजलाई नेपाली भाषा-साहित्यमा पुऱ्याएको योगदानको कदर गर्दै स्वाल ओढ़ाएर स्मृति चिन्ह प्रदान गर्दै सम्मानित गरियो।