आरजी कर प्रकरणमा न्यायको माग गर्दै पथसभा सम्पन्न

IMG-20240915-WA0163

जलपाईगुडी: आरजी कर मामिलामा न्यायको माग गर्दै जलपाईगुडी शहरको कदमतला मोडमा पीपुल फर जस्टिसले पथसभा आयोजना गरे। यस पथसभामा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। पिपल्स फर जस्टिसका सदस्यहरुले न्यायको माग गर्दै नारा लगाएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि आरजी कर मामिलामा पूर्णरुपमा खुलासा नभएको बताए। पिडितालाई यथाशीघ्र न्याय गरि दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग रहेकाे पीपुल फर जस्टिसले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement