सेकेण्ड डीविजन लीगमा बीच गाउँ स्पोर्टिंग क्लब (घूम) च्याम्पियन

photocollage_2024915203059751

दार्जीलिङ, १५ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन फूटबल लीगमा बीच गाउँ स्पोर्टिंग क्लब (घूम) च्याम्पियन भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको सेकेण्ड डिवीजन लीगको फाइनलमा बीच गाउँ स्पोर्टिंग क्लबले बड़ा काकझोड़ा फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ बराईलीले सातौं र ५७औं मिनटमा २ गोल गरे। यसबाहेक रोहन राईले ४२औं र एन राईले ४९औं मिनटमा गोल गरे। यसरी बड़ा काकझोड़ा फूटबल क्लबबाट कुमार छेत्रीले तेस्रो र ५२औं मिनटमा गोल गरे। दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement