दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन फूटबल लीगमा भा-तकभर युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको फर्ष्ट डीविजन लीगको फाइनलमा भा-तकभर युनाइटेड फूटबल क्लबले दार्जीलिङ पुलिसलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन गुरुङले ह्याट्रिक गरे। उनले २४औं, ५२औं र ५४औं मिनटमा गोल गरे। अन्य एउटा गोल अजनिश राईले ६४औं मिनटमा गरे। यसरी दार्जीलिङ पुलिसबाट दिवस तामाङले ३३औं (पेनल्टी) र मनीष सुब्बाले ८१औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको थियो।










