अलिपुरद्वार: नदीमा तैरिरहेको अपरिचित महिलाको शव फेला परेपछि क्षेत्रमा हलचल मच्चियो। आइतबार दिउँसो करिब अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको रैदक नम्बर २ नदीको पश्चिम चकचक क्षेत्रमा नदीमा काम गरिरहेका स्थानीयले एक महिलाको शव पानीमा परेको देखे। खबर पाएलगत्तै कामाख्यागढी चौकीको पुलिस घटनास्थलमा पुगे। शव निकालेर कामाख्यागढी ग्रामीण अस्पताल ल्याइएकोमा ड्युटीमा रहेका डाक्टरले मृत घोषित गरे। मृतक महिलाको नाम खुल्न सकेको छैन। स्रोतका अनुसार पुलिसले शवलाई पोस्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाउनेछ। यद्यपी मृतक महिला कहाँबाट आयो भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ।










