सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रंगमुक सिडर्स मुण्डा जोनल कमिटीबाट केही पदाधिकारीहरू अन्य पार्टीमा सामेल भएको गएकोले पार्टीबाट निष्कासित गरिएको जानकारी प्राप्त भएको छ। भागोप्रमो रंगमुक सिडर्स मुण्डा जोनल कमिटीको तर्फबाट एक पत्रकार भेला बोलाएर नारी शक्ति पूर्व सभापति संगीता छेत्री, ट्रेड युनियन सिडर्स शाखाको सचिव तेनछिरिङ तामाङ र लोवर सिडर्सबाट प्रतिक राई अर्को पार्टीमा सामेल भएकोले भागोप्रमो पार्टीबाट निष्कासित गरिएको नारी शक्ति रंगमुक सिडर्स मुण्डाकोठी जोनल सभापति आरती राई कोइरालाले जानकारी गराएकी छन्। उक्त पत्रकार सम्मेलनमा भागोप्रमो रंगमुक सिडर्स मुण्डाकोठी जोनल सभापति फिरोज सुब्बा, नारी शक्ति जोनल सचिव इन्दिरा छेत्री, सह सचिव ज्योत्सना, ट्रेड ट्रेड सभापति पुरण प्रधान, मुण्डाकोठीबाट बिनम राई आदि उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा नारी शक्तिके जोनल सभापति आरती राई कोइराला ले कुनै पनि पार्टीमा आचार संहिता भन्ने हुन्छ, अनुशासन भन्ने हुन्छ तर पार्टीको अनुशासनलाई तोडेर अर्को पार्टीमा गएकोले तीनैजनालाई पार्टीबाट निष्कासित गरिएको जानकारी गराएकी छऩ्।










