मन्त्रीमण्डलमा फेर बदल हुनुमा भाजपाको कुनै दवाब छैन्: मुख्यमन्त्री तामाङ

IMG-20220821-WA0197.jpg

गान्तोक: मन्त्री अरूण उप्रेती र सिक्किम विधानसभाका अध्यक्ष एलबी दासको राजीनामा र फेरबदल भएको छ। यस विषयमा आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पत्रकाहरूसँग कुराकानी गर्दै सिक्किमको राजनीतिकमा कुनै ठूलो विकास साथै परिवर्तन भएको यस कुरालाई मान्न नसकिने मन्तव्य प्रकट गरे। उनले दुईजनाले राजीनामा दिनु पार्टीको साँझा निर्णय रहेको बताउँदै यसमा कसैको दवाब नभएको उनले जानकारी गराए। यो सबै मेल मिलापमा नै भएको मुख्यमन्त्रीले जानकारी गराउँदै यस प्रकारको प्रक्रिया केन्द्र साथै देशको अन्य राज्यहरूमा पनि हुने गरेको अवगत गराए। यसो हुनुमा भारतीय जनता पार्टीको तर्फबाट कुनै प्रकारको दवाब नआएको उनले थप जानकारी गराए। यो सबै पार्टीको आपसी मामिला रहेको पनि उनको भनाइ रहेको थियो। कसैबाट कुनै प्रकारको दवाब नआएको तर बजारमा विभिन्न प्रकारको हल्ला भएको बताए। विधानसभाको अध्यक्ष बन्न उप्रेतीले सहस्र स्वीकार गरिसकेको बताउँदै पार्टीको हितमा निर्णय लिएको जनाए। उप्रेतीलाई अध्यक्ष पदमा राख्दा पार्टीको हितमा थप कार्य हुने उनले जानकारी गराए। उप्रेती अध्यक्ष बनेपछि एउटा निर्वाचन क्षेत्रलाई पनि प्रतिनिधित्व गर्न सक्ने बताए। तर अहिले सरकारमा नै नभएका व्यक्तिहरूले एसकेएम सरकार अस्थायी भन्दै आइरहेका छन्। एसकेएम पार्टी सरकारमा आएदेखि नै मानिसहरूले यो सरकार तीन महिना मात्र चल्छ भन्दै आइरहेका थिए तर सरकार सञ्चालन भएको तीन वर्ष पुगिसकेको र यसमा कुनै बाधा अडचन नभएको जानकारी गराए। मन्त्रीमण्डलमा फेलबदल गर्नु यो पार्टीको आपसी मामिला रहेको पनि उनको भनाइ रहेकोछ। एसकेएम पार्टीमा रहेका मन्त्रीहरू मन्त्री नै हुनुपर्छ भनेर आएका होइनन्, केवल जनताको सेवा गर्ने भावना राखेर आएका हुन् यसर्थ यसमा कुनै प्रकारको शंका नगर्ने सुझाउ दिएका छन्। उल्लेखनीय छ, राज्यमा केही दिन अघिदेखि यता सामाजिक सञ्जालमा विभिन्न प्रकारको अफवाह फैलिरहेको थियो। अब सिक्किम राज्यमा भारतीय जनता पार्टीले शासन गर्नेछ भन्ने तर आज मुख्यमन्त्रीको वयानले यस कुरालाई नकारेको प्रष्ट देखिन्छ। वर्तमान सरकारले कुनै नयाँ काम नगरेको र देशको विभिन्न राज्यमा हुँदै आइरहेको कुरालाई नै राज्य सरकारले पनि पार्टीको निर्णय अनुसार कार्यान्वयन गरेको मुख्यमन्त्रीले पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा उत्तर दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement