कोचबिहार जेडी अस्पतालमा पुलिस चौकी उद्घाटन

IMG-20240915-WA0229

कोचबिहार: कोचबिहार जेडी अस्पतालको सुरक्षालाई ध्यानमा राख्दै कोचबिहार जिल्ला पुलिसले जेडी अस्पताल परिसरमा पुलिस चौकी स्थापना गरेको छ। आइतबार एक कार्यक्रमका बीच जिल्ला पुलिस उपरीक्षक द्युतिमान भट्टाचार्यले उक्त पुलिस चौकीको उद्घाटन गरेl सो अवसरमा अतिरिक्त पुलिस उपरीक्षक कृष्णगोपाल मीना, नायब उपरीक्षक सचिन्द्रनाथ सरकार, जेडी अस्पतालका सुपर डाक्टर ए के बालालगायतको उपस्थिति रहेको थियो।

यस दिन पुलिस उपरीक्षकले जेडी अस्पतालदेखि पुण्डीबारी थानासम्मको दूरी १२ किलोमिटर रहेको बताए। पक्कै पनि पुण्डीबारी पुलिस चौकीबाट यस अस्पतालको अनुगमन गर्न अलि गाह्रो भएकोले यहाँ नयाँ पुलिस चौकीको उद्घाटन गरिएको हो। यहाँ पुलिस चौकी निर्माण भएपछि अस्पताललगायत यस क्षेत्रको सुरक्षा व्यवस्थाको उचित अनुगमन गर्न सकिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement