निमा लेप्चा भारत स्काउट एण्ड गाइडबाट मेडल अफ् मेरिट अवार्डद्वारा सम्मानित

IMG-20240915-WA0236

खरसाङ: खरसाङ आदर्श विद्यालयको प्रधान अध्यापक निमा लेप्चालाई कोलकोतामा भारत स्काउट एण्ड गाइडबाट मेडल अफ् मेरिट अवार्डद्वारा सम्मानित गरिएको छ। भारत स्काउट एण्ड गाइडको पश्चिम बंगाल राज्यले दार्जिलिङ जिल्लाबाट खरसाङ आदर्श विद्यालयका प्रधान अध्यापक निमा लेप्चालाई भारत स्काउण्ट एण्ड गाइडमा मेडल अफ् मेरिट प्रधान गरिएको छ। कोलकोतोको राज भवनमा सम्पन्न एक कार्यक्रमबीच उनलाई उक्त अवार्डले सम्मानित गरिएको छ। भारत स्काउण्ट एण्ड गाइडमा मेडल अफ् मेरिट अवार्ड एकदमै प्रशंसनीय र उल्लेखनीय योगदानको लागि प्रशंसा र सम्मानसहित प्रदान गरिन्छ जसलाई बहुमुल्य मानिन्छ। भारत स्काउट एण्ड गाइडमा विगत २४ वर्षदेखि लगातार रूपमा दिएको विशिष्ट योगदान र उल्लेखनीय काम र भारत स्काउट एण्ड गाइडमा बहुमुल्य भूमिकालाई हेरेर यो बहुमूल्य मेडल अफ् मेरिट अवार्डद्वारा सम्मानित गरिएको जानकारी प्राप्त भएको छ। उक्त अवार्ड खरसाङ अादर्श विद्यालयको लागि मात्र नभएर सम्पूर्ण खरसाङवासी लगायत दार्जिलिङ पहाड़को लागि नै गौरान्वित बनाउने अवार्ड रहेको बताइएको छ। खरसाङ आदर्श विद्यालयको प्रधान अध्यापक निमा लेप्चाले उक्त अवार्डले आफु लगायत विद्यालयको नाम नै उच्च पार्न सकेको र यसको लागि खुशी व्यक्त गरेका छन्। उनले सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement