कालचिनी: प्रतिष्ठित कन्याश्री कप २०२४-२५ (डिवीजन ए)-को निम्ति कलकत्ताको कालीघाट स्पोर्ट्स लवर्स एसोसिएशनले खेलाड़ीहरूका चयन गर्न ट्रायलको आयोजन गर्नेछ। ट्रायल २ अक्टोबरको दिन किलचिनीको राइमटांग टी गार्डन फूटबल ग्राउण्डमा हुनेछ। ट्रायल बिहान १० बजीदेखि शुरु हुनेछ। यस ट्रायलमा २००२-देखि २००९-बीच जन्मिएकी महिला खेलाड़ीहरूले हिस्सा लिन सक्नेछिन्। ट्रायलको निम्ति कुनै पञ्जीकरण शुल्क लाग्नेछैन। खेलाड़ीहरूले ओरिजिनल बर्थ सर्टिफिकेट र आधार कार्ड ल्याउनु अनिवार्य छ।











