भद्रपुर (नेपाल): यो वर्षको सोह्र श्राद्ध बुधबार (१८ सेप्टेम्बर) शुरु हुँदैछ। सेप्टेम्बर १८ पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। सेप्टेम्बर पूर्णिमा तिथि ८ बजेर ४३ मिनटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ।
सनातन धर्मावलम्बीले आश्विन(सेप्टेम्बर )कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ। भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विन(सेप्टेम्बर )कृष्ण प्रतिपदादेखि आश्विन(सेप्टेम्बर )शुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।
सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ।
कुन तिथिको श्राद्ध कहिले?
- १८ सेप्टेम्बर बुधबार– प्रतिपदा श्राद्ध
- १९ सेप्टेम्बर बिहीबार– द्वितीया श्राद्ध
- २० सेप्टेम्बर शुक्रबार– तृतीया श्राद्ध
- २१ सेप्टेम्बर शनिबार– चतुर्थी श्राद्ध
- २२ सेप्टेम्बर गते आइतबार– पञ्चमी श्राद्ध
- २३ सेप्टेम्बर सोमबार– षष्ठी श्राद्ध
- २४ सेप्टेम्बर मंगलबार– सप्तमी श्राद्ध
- २५सेप्टेम्बर बुधबार– अष्टमी श्राद्ध
- २६ सेप्टेम्बर बिहीबार– नवमी श्राद्ध
- २७ सेप्टेम्बर शुक्रबार– दशमी श्राद्ध
- २८ सेप्टेम्बर शनिबार– एकादशी श्राद्ध
- २९ सेप्टेम्बर आइतबार– द्वादशी श्राद्ध
- ३० सेप्टेम्बर सोमबार– त्रयोदशी श्राद्ध
- १ अक्टुबर मंगलबार– चतुर्दशी श्राद्ध
- २ अक्टूबर बुधबार– औँसी श्राद्ध
यो वर्षको मघा श्राद्ध २९सेप्टेम्बर आइतबार द्वादशीका दिन परेको छ। मातामह (मावलीका हजुरबुबा) को श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा ३ अक्टोबरमा परेको छ।











