उत्तर बंगाल मेडिकल कलेजका जुनियर डाक्टरहरू आयोजना गरे अभया क्लिनिक

IMG-20240915-WA0195

 सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका जुनियर डाक्टरहरूद्वारा आज सिलगढीको बाघाजतिन पार्कमा अभया क्लिनिक आयोजना गरियो। यस क्लिनिकमा उपचारका लागि ठूलो संख्यामा मानिसहरु आए। जुनियर डाक्टरहरूले सबैलाई उपचारका साथ औषधी पनि वितरण गरे। यस सम्बन्धमा महिला चिकित्सक शमिष्ठाले न्याय माग्दै आन्दोलन गरिरहेको बताइन्। उनले भनिन्, ‘अस्पतालमा काम ठप्प पारेर हाम्रो आन्दोलन जारी छ, तर समाजका जनतालाई कुनै समस्या नपरोस् भनेर अभय क्लिनिक स्थापना गरी जनताको उपचार गरिरहेका छौँ।‘ आज सिलगढीमा आयोजना गरिएको क्लिनिकमा ठूलो संख्यामा मानिसहरू आए। उनले आरजी करको घटनाको अझै पूर्ण रुपमा खुल्न नसकेको बताइन्। उनले भनिन्, ‘तर, राम्रो प्रतिक्रिया आएको छ। हिजो दुई जना पक्राउ परेका छन्। आशा गरौँ यो मामलामा छिट्टै न्याय हुनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement