सिलगढी: जमिन कब्जाको आरोपमा पक्राउ परेका डबग्राम-फुलबारीका पूर्व ब्लाक अध्यक्ष देवाशिष प्रामाणिक जेलबाट एक महिनाको सजाय काटेर घर फर्केका छन्। आज घर फर्किएपछि उनका समर्थकहरूले उनलाई माला लगाएर स्वागत गरे। देवाशिष प्रामाणिकका समर्थकहरुले प्रामाणिकप्रति पूर्ण विश्वास रहेको बताएका छन्। उता घर फर्किएका देवाशिष प्रामाणिकले विस्फोटक टिप्पणी गरेका छन्। चोरहरुको समूह मिलेर मलाई फसाएको उनले बताए। उनले भने, ‘म विरुद्ध षड्यन्त्र भएको छ। पार्टीका मानिसहरूले नै मलाई षड्यन्त्रमा फसाइदिएका छन्। त्यसैले मुख्यमन्त्रीले सबै घटनाको छानबिन गर्नुपर्छ।‘ जमिन कब्जा मुद्दामा पक्राउ उनलाई पक्राउ गरेको थियो। जेलबाट घर फर्किएपछि उनका समर्थकहरूले उनलाई भव्य स्वागत गरे।