सोनादा भेटरन क्लब च्याम्पियन

IMG_20220821_222532.jpg

२१ अगस्तः किरण गाउँ खेलकुद संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप ४० प्लस भेटरन फूटबल टुर्नामेण्टमा सोनादा भेटरन क्लब च्याम्पियन भयो। चटाइधुरा खेल मैदानमा आइतवार भएको यस टुर्नामेण्टको फाइनलमा सोनादा भेटरन क्लबले युजी.जे. भेटरन क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राजु तामाङले छिराए। आज फाइनलमा मुख्य अतिथिको रूपमा दार्जीलिङ गोर्खा पार्वत्य खेलकुद संघ (डीजीएचएसए)-का एसिस्टेण्ट सेक्रेटरी सुवास राई अनि विशिष्ट अतिथिको रूपमा डाण्डु भूटिया उपस्थित थिए। गत १२ अगस्तदेखि शुरु भएको यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement