जलपाईगढी: माल शहरको बीडीओ कार्यालयको छेउमा रहेको मैदानमा शनिबार साँझदेखि सांस्कृतिक अनुष्ठानसहित करम पूजा शुरु भयो। राज्यको पछौटे वर्ग कल्याण तथा जनजाति विकास विभागका स्वतन्त्र प्रभार मन्त्री बुलुचिक बडाइकले रिबन काटेर पूजाको औपचारिक उद्घाटन गरे। अखिल भारतीय जनजाति विकास परिषद मल ब्लक र राजा चिया बागान इकाई समितिको व्यवस्थापनमा माल शहरको बीडीओ कार्यालयको छेउमा रहेको मैदानमा प्रत्येक वर्ष करम पूजा आयोजना गरिन्छ।

शनिबारको पूजाको उद्घाटन मञ्चमा मन्त्री बुलुचिक बडाइकका अलावा परिषद्को प्रदेश कार्यकारिणी समितिका कार्यकारी अध्यक्ष तेजकुमार टोप्पो, समाजसेवी रतन गर्गलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो। यहाँ परम्परा अनुसार कारम पूजा हुने गरेको मन्त्री बुलुचिक बडाइकले बताए। राज्य सरकारमार्फत आदिवासी संस्कृतिलाई उजागर गर्ने पहल गरिएको छ। पूजा आयोजक समितिका तर्फबाट अमर दान बखला, बब्लु माझीले कर्म पूजामा सांस्कृतिक सम्पदा प्रस्तुत गर्ने प्रयास गर्ने बताए।