आज मौषमा मनसुनी वायुको प्रभाव रहने

IMG-20240915-WA0073

भद्रपुर: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement