भद्रपुर: प्रतिनिधि सभाका चार मुख्य दलका शीर्षदेखि पदाधिकारी हुँदै राम्रो जिम्मेवारी पाएका नेता सहकारी घोटाला प्रकरणमा जोडिएका छन्। पछिल्लो पटक कांग्रेस उपसभापति धनराज गुरुङ, सार्वजनिक लेखा समितिका संयोजक तथा एकीकृत माले नेता ऋषिकेश पोखरेलको नाम सहकारी ठगी प्रकरणमा जोडिएको छ।
त्यसअघि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसहितको नाम सहकारी घोटाला प्रकरणमा जोडियो। यो क्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्यसहिको नामबाट सुरु भएको थियो।