कर बढाएको बिषयमा रङ्गेलीमा बजार पसल पनि बन्द

IMG-20240915-WA0115

भद्रपुर: कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ। एक साlतादेखि सुरु भएको करवृद्धीको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ। बजार र यातायात समेत बन्द भएको छ। नेपाली काँग्रेसको नेतृत्वमा भएको आन्दोलनका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार बन्द भएकाले छ। आन्दोलनकारीले रङेली बजार र यातायात समेत बन्द गराएका छन्।
आन्दोलनकारीले बिहान कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेका छन्। रङेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेको बताए। त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रङ्गेली नगरपालिकाले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि आन्दोलन सुरु भएको हो। आन्दोलनमा ऐक्यबद्धता जनाउन
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधवार आन्दोलनमा उपस्थित भएर नारा जुलुस र प्रदर्शनमा सहभागी भएका थिए। मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि गुरुबार आन्दोलनमा साथ दिन पुगे। एउटा पालिकाविरुद्ध भएको आन्दोलनमा साथ दिन थालेपछि अर्को पालिकाका प्रमुख तथा जनप्रतिनिधि विवादमा तानिन थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement