उपसभामुख हटाउने कुराबाट काँग्रेस–एकीकृत माले ब्याक हुने प्रचण्डको भनाई

IMG-20240915-WA0117

भद्रपुर: पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन्।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताए। उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त भएको व्यक्ति हुन् तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो। त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं। सायद उनलाई हटाउने कुराबाट काँग्रेस एकीकृत माले नै पछि हट्नु पर्छ होला।’ उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए।
उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ। हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन। त्यस्तो समस्या परेको केही छैन।’ उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताए।
यसको साथै, उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए। उनले भने, ‘एकीकृत मालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ। त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement