पुलिसले शुरु गर्यो गरिब बालबालिकाका लागि नि:शुल्क कोचिङ सेन्टर

IMG-20240915-WA0033

 जलपाईगढी: पुलिसले समाजलाई अपराधमुक्त बनाउन मात्र काम गरिरहेको छैन तर गरिबको उत्थानमा पनि ध्यान दिइरहेको छ। जलपाईगढी जिल्ला पुलिसद्वारा विद्यार्थीहरूका लागि नि:शुल्क कोचिङ सेन्टर शुरु गरिएको छ। पुलिस दिवसको अवसरमा केक काटेर पुलिस उपरीक्षकले यस कोचिङ सेन्टरको उद्घाटन गरेका हुन्। धेरै विद्यार्थीको पनि पुलिस वा अन्य सरकारी नोकरीको आशा र सपना हुन्छ। यसका लागि विद्यार्थीहरूले पनि मेहनत गर्छन्। तर त्यो कडा परिश्रमसँगै सफलताको शिखरमा पुग्न कोचिङ सेन्टरहरू पनि आवश्यक छन् आजकल धेरै प्रतिष्ठित कोचिङ सेन्टरहरू खुलेका छन्। ती कोचिङ सेन्टरमा धेरै विद्यार्थी तालिम लिइरहेका छन्। तर आर्थिक स्रोत नहुँदा धेरै विद्यार्थीले ती कोचिङ सेन्टरमा भर्ना हुनसकेका छैनन्। अब उनीहरुको बारेमा सोच्दै जलपाईगढी जिल्ला पुलिसले मैनागुडीमा नि:शुल्क कोचिङ सेन्टर शुरु गरेको छ। कोचिङ सेन्टरको नाम ‘प्रयास’ राखिएको छ। उद्घाटन कार्यक्रममा अन्य पुलिस अधिकृतहरुका अलावा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो। यस दिन पुलिस अधिकारीहरुले कोचिङ सेन्टरका विद्यार्थीहरुसँग केक काटेर मनाए। जलपाईगढी जिल्लाका पुलिस अधीक्षक उमेश खांडाबहालेले यहाँका विद्यार्थीहरूलाई नि:शुल्क तालिम दिइने बताए। उनले भने, ‘हाम्रो विभागका स्थानीय शिक्षक र पुलिस अधिकारीहरूले यो तालिम दिनेछन्। कोचिङ सेन्टर संचालनमा आएपछि विद्यार्थी खुशी भएका छन्।‘ अर्कोतर्फ जिल्ला पुलिसको वर्तमान युवालाई सफलताको शिखरमा पुर्याउने पहलको शिक्षा जगतमा प्रशंसा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement