लिम्बु बस्ती र सोनादा आउट पोस्ट विजयी

photocollage_2024915144217754

बालासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा शनिवार दोस्रो राउण्डको २ वटा म्याच खेलियो। यी २ वटा म्याचमा जीत हासिल गरी लिम्बु बस्ती र सोनादा आउट पोस्टले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। दिनको पहिलो म्याचमा लिम्बु बस्तीले तकभरविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा सोनादा आउट पोस्टले नाम्सुलाई ४-२-ले पराजित गऱ्यो। यस सेवेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २७ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement