सजिलै क्वार्टर फाइनलमा पुग्यो केएचएलयू कालेबुङ

photocollage_2024914235528921

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको पहिलो म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा भएको म्याचमा केएचएलयू कालेबुङले सोरेंग फूटबल क्लबलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट क्रिश छेत्री र अविनाश सुब्बाले २-२ गोल गरे। अन्य एउटा गोल प्रवास राईले छिराए। यसरी सोरेंग फूटबल क्लबबाट नितिश तामाङले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement