भद्रपुर: झापाको बिर्तामोड़मा साहित्य चौतारी नेपालले शनिवार भारतको बिभिन्न प्रान्तमा रहेर नेपाली साहित्यको क्षेत्रमा आबद्ध संघ सस्थाका ब्यक्तित्वहरुलाई सो सस्थाले मसिक काव्य सभाको अबसरमा सम्मान गरेको छ।
साहित्य चौतारी झापाका सस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतका बिभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला र सस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने १३ सस्थाका साहित्यिक ब्यक्तित्वहरुलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए।
भारत दर्जीलिंङका गोर्खा दु:ख निवारण सम्मेलन, नेपाली साहित्य सम्मलेन, हिमालय कला मन्दिर, गोर्खा जनक पुस्तकालय खर्साङ, जागृति परिवार,गोर्खा सस्कृतिक सस्थान, शिलगढी देवकोटा संघ, शिलगढी भानुभक्त समितिआश्रमपाडा, शिब मन्दिर समिति,साहित्य प्रचार समिति मतिगड़ा,गोर्खा कल्याण संघ, सिक्किम साहित्य परिषद गान्तोक,पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ, नेपाली साहित्य अध्ययन समिति कालेपुङ, नेपाली साहित्य सभा आसम,नेपाली साहित्य परिषद मणिपुर, डुवर्स नेपाली साहित्य परिषद, अगमसिंह गिरी सस्थाम, चिमल क्लब परिवार मिरिक,मिरिक साहित्य सुनौ परिवारलाई सम्मान गरिएको थियो।










